कोपा अमेरिकी फुटबल प्रतियोगिता ब्राजिलमा हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १७ जेष्ठ

ओसुमसियोम, १७ जेष्ठ । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकी ब्राजिलमा हुने भएको छ ।

यसअघि अर्जेन्टिनामा हुने तय भएको प्रतियोगिता देशभरि कोरोना भाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजन गर्न नसक्ने बताएपछि अन्योलमा परेको उक्त खेल ब्राजिलमा आयोजना गर्ने भएको हो ।

दक्षिण अमेरिकी फुटबल महासङ्घले प्रतियोगिता अर्जेन्टिनाबाट ब्राजिलमा गर्ने निर्णय गरेको फुटबलसम्बन्धी वेबसाइट गोल डटकमले जनाएको छ । कोपा अमेरिका सुरु हुनु १३ दिनअघि आज बिहान मात्रै अर्जेन्टिनामा नहुने भएपछि अन्योल भएको थियो ।

कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुनेछ । सन् २०२० मा हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्षपछि सरेको हो ।

प्रतिक्रिया