नेपाल खबर

प्रधानमन्त्रीको आक्रोश ‘वकिलहरुले न्यायाधीश तय गर्ने अब ?’

काठमाडौं, १७ जेठ । प्रतिनिधिसभा विघटनविरुद्धमा परेका रिटमाथि सुनुवाइको क्रममा वकिलहरुले न्यायाधीशमाथि प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीले आलोचना गरेका छन् । सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले काला कोटधारी भन्दै चर्को आलोचना गरेका हुन् ।

‘अदालतमै केही कालो कोट लगाएका व्यक्तिहरु, अराजक व्यक्तिहरु, अदालतको मान–सम्मान गरिमा, न्यायमूर्तिहरु मान सम्मान गरिमा, त्यसको पनि किञ्चित ख्याल नराखेर, कस्तो न्यायिक सिस्टम, वकिलहरुले न्यायाधीश तय गर्ने अब ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘वकिलहरुले न्यायाधीश तय गर्ने हो भने वकिलहरुले लेखेर ल्याएको, उनीहरुले पढेर लेखेर सुनाऊ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो ? उहाँहरुले लेखिदिनुपर्ने अब फैसला पनि ? उहाँहरु त्यही चाहिरहनुभएको छ ।’

वकिलहरुले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश बाहेकलाई हामी मान्दैनौँ, हुन दिँदैनौं भनेको प्रधानमन्त्रीले आरोप लगाए । उनले भने, ‘यस प्रकारका कुराले न्यायालय कुन अवस्थमा पुग्दैछ? कालो कोटधारी केही व्यक्तिहरुले न्यायालयलाई कुन अवस्थामा पु¥याउँदै हुनुहुन्छ? कुन हैसियतमा पु¥याउँदै हुनुहुन्छ । यो बडो गम्भीर विषय हो ।’

त्यस्तै, वक्तव्य जारी गरेका पूर्वप्रधानन्यायाधीहरुमाथि पनि उनले आक्रोश पोखे । प्रधानमन्त्री ओलीले भने, ‘पूर्वन्यायमूर्ति, उहाँहरुले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने, अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षपकारी ताण्डव गर्ने सडकमा ?’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top