सरकारमा सहभागी हुँदै जसपाका महन्थ पक्ष
अखबार टुडे
प्रकाशित:
२०७८, १७ जेष्ठ

काठमाडौं, १७ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने विषयमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर–महतोबीच छलफल भइरहेको छ ।
बालुवाटार छलफलमा जसपालाई दिइने मन्त्रालयको विषय टुङ्गो लगाउने प्रयास भइरहेको एक नेताले जानकारी दिएका छन् । जसपालाई ८ वटा मन्त्रालय दिन प्रधानमन्त्री ओली सहमत भए पनि यो विषय टुङ्गो लागिसकेको छैन् ।
आज सहमति भएमा आजै या भोलि मन्त्रीहरुको सपथ हुन सक्नेछ । सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन् ।
नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्ने तयारि गरेको हो ।

प्रतिक्रिया