विषालु रक्सी सेवन गर्दा भारतमा ५१ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १७ जेष्ठ

अलिगढ, १७ जेष्ठ । गएको शुक्रवार भारतको उत्तर प्रदेशस्थित अलिगढ जिल्लामा विषालु रक्सी सेवनका कारण ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो ।
सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको बीबीसीले जनाएको छ ।
अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया