संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दै’मा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ जेष्ठ

काठमाडौं, १६ जेष्ठ । संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
सुनुवाइका क्रममा संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले समय निर्धारण गरिदिएका थिए । त्यसपछि इजलासमा उक्त विषयमाथि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए । संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

प्रतिक्रिया