नेपाल खबर

दलहरु नै अनुशासनहीन भएर विकृति फैलिए : प्रधानमन्त्री

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु नै अराजकता, अनुशासनहीनता र असभ्य भएर समाजमा विकृति फैलिएको बताएका छन् ।

आफ्नै दलभित्रको ह्वीप उल्लंघन गर्दै फ्लोरक्रस गर्ने कार्यमा लागेकाले उनीहरुले समाजलाई नै असभ्य बनाएको आरोप लगाएका हुन् ।

आइतबार तेस्रो महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरूप्रति संकेत गर्दै भने, ‘आफ्नो सरकार ढाल्न कहिले विश्वासको मत नहाल्ने, दलीय मर्यादा, प्रणाली नमान्ने तिनले खाएको सपथ झुठो, बेइमानी र कपट लुकेको हुन्छ ।’

राजनीतिक दलहरुले न्याय र समानताका लागि लड्नुपर्नेमा केही राजनीतिक दलको नेतृत्व तह नै त्यसविरुद्ध उत्रिएको बताउँदै उनले यस्तो प्रवृति गम्भिर चिन्ता र चासोको कुरा भएको बताए ।
‘जव नेतृत्व तह नै यस्तो हुन्छ । माथिबाट धमिलो पानी बग्ने बगाउने काम भइरहेकोे छ, यो चिन्ताको विषय छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही असभ्य तत्वहरु छन् । सामाजिक न्याय समानताको त कुरै छोडौँ छाडा, अशिष्टता र अश्लीलता, अमर्यादित परपीडक प्रवृति छ ।’

प्रधानमन्त्री ओलीले कुनै पनि महिला हिंसा स्वीकार्य नहुने भन्दै महिलामाथि महिलबाटै पनि हिंशा हुने गरेको बताए । आफैले आफैलाई सच्चाउनुपर्ने बताउँदै उनले भने, ‘ठीक व्यवहार र आचरण गर्नुपर्छ । त्यसपछिमात्रै समाजलाई ठिक आचरणमा डोहोर्याउन सकिन्छ ।’ महिला र पुरुष बीचको अधिकारमा समानता हुनुपर्ने र सरकार त्यसमा सजग रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘महिला र पुरुषबीच लैगिक भिन्नता हुने भएपनि उनीहरुबीच अधिकारमा समानता हुनुपर्छ । लैंगिक भिन्नताका बावजुद अधिकार र अवसरमा असमानता हुनुहुँदैन ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top