कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीद्वारा आत्महत्या
अखबार टुडे
प्रकाशित:
२०७८, १६ जेष्ठ

धनगढी, १६ जेष्ठ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको कोरोना संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी छन् । कठायतको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वडाध्यक्ष खगेन्द्र रावतका अनुसार शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा कठायतले ज्यान गुमाएका थिए । त्यसलगतै कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
ज्वरो र रुघाखोकी लागेपछि कठायत २ जेठमा जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए ।
मृत्युलगत्तै अस्पतालबाट भागेकी रावत आत्महत्या गरेको अवस्थामा फेला परेको वडा अध्यक्ष रावतले बताए ।
रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।

प्रतिक्रिया