लोकतन्त्रको पक्षमा एकताबद्ध भएर आवाज उठाउन गठबन्धनको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, १६ जेष्ठ

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धन दलहरुले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ ।

आइतबार बिहान बुढानीलकण्ठमा बसेको गठबन्धन बैठकले अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधान उल्लंघन गरेको निष्कर्ष निकाल्दै यस्तो चेतावनी दिएको हो ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दे संविधानविपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह समेत गरेका छ ।

संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा विपक्षी गठबन्धनले विश्वास व्यक्त गरेको छ । विपक्षी गठबन्धनले संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।

नेपाली कांग्रेसका सभापति नेपाली काँग्रेस सभापति शेरबहादुरको निवासमा बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया