४ महिनापछि नियन्त्रणमुक्त इरानको जहाज
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

जकार्ता, १५ जेष्ठ (एजेन्सी)। इन्डोनेसियाले नियन्त्रणमा लिएको इरानको जहाज ४ महीनापछि छोडिदिएको छ ।
शनिवार इन्डोनेसियाली अधिकारीहरु र इरानको सरकारी मिडियाले यसको जानकारी दिएका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार इन्डोनेसियाली कोस्ट गार्डका प्रवक्ता विष्णु परमन्दिताले एमटी हर्स नामको त्यस जहाजलाई अदातलको फैसलापछि शुक्रवार छाडिएको हो ।
अदालतको आदेशमा त्यस जहाजलाई छोड्न सकिने तर जहाजका कप्तानलाई विना कुनै जरिबाना दुई वर्षका लागि प्रोवेशन (परीक्षणकाल) का लागि राख्न सकिने उल्लेख गरिएको प्रवक्ता परमन्दिताले बताए ।
इरानी सरकारी मिडियाले पनि जहाज आफ्नो काम पूरा गर्न इन्डोनेसियाबाट हिँडेको र त्यसपछि इरान फर्किने जनाएका छन् ।
यस वर्षको जनवरी २४ मा एमटी हर्स जहाजले आफ्नो देशको समुद्री सीमाभित्र रहेर तेलको तस्करी गरेको भन्दै इन्डोनेसियाले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया