आईपीएलका बाँकी खेल यूएईमा हुने
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

काठमाडौं, १५ जेष्ठ । कोरोना महामारीका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएको छ ।
आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताएका छन् ।
यसअघि भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको तथा टिमका खेलाडीलाई पनि कोरोना देखिएपछि गत महिना आइपिएल बीचैमा स्थगित गरिएको थियो ।

प्रतिक्रिया