सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

काठमाडौं, १५ जेष्ठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाए संगै वृद्ध भत्ता अब मासिक ४ हजार पुगेको छ ।
आउँदो आर्थिक वर्ष २०७८÷७९ कोे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको जानाएको हो ।

यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार १ सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार ३५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

प्रतिक्रिया