नेपाल खबर

नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाउँदै थाइ राजपरिवार

काठमाडौं, १५ जेष्ठ । थाइल्याण्डका राजपरिवारले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।

थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लागेका हुन् ।

थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाइ राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौँ आइपुग्ने भिक्षु सुगन्धले बताए ।

थाइ राजपरिवारले पठाउन लागेको स्वास्थ्य समाग्रिमा १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाउन लागेका हुन् ।

सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्नेगरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिए ।

थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट मानिने भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन लागेको हो ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top