राष्ट्रपतिबाट बजेटसम्बन्धी अध्यादेश जारी
प्रकाशित:
२०७८, १५ जेष्ठ
काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार