एक करोड खोप किन्न दिल्ली सरकारद्वारा विश्वाव्यापी बोलपत्र आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, १५ जेष्ठ

नयाँ दिल्ली, १५ जेष्ठ । भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि विश्वाव्यापी बोलपत्र आह्वान गरेको छ ।
केन्द्रीय सरकारको प्रयास र भारतमा उत्पादन भइरहेको खोपले मात्रै तत्कालको आवश्यकता पुरा नहुनेभएकाले विश्वाव्यापी बोलपत्र आह्वान गरिएको हो ।
देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन ‘ग्लोवल टेन्टर’ आह्वान गरेको अधिकारीहरुले जनाएका छन् ।
जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ ।
भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने बोलपत्रमा उल्लेख गरिएको छ । बोलपत्र इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया