अफगान सेनाको हवाई कारबाही परि २३ तालिबानी लडाकूको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

मजार–ए–सरिफ, १४ जेठ (एजेन्सी) । अफगान सेनाको हवाई कारबाहीमा परि २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।
सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए ।
बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

प्रतिक्रिया