डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
प्रकाशित:
२०७८, १४ जेष्ठ
काठमाडौं, १४ जेष्ठ । भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्तां हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत रहेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काकाले बताए ।
भेरी अस्पतालमा दाङ तुलसीपुर बस्ने एक जना कोरोना संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका परिवार र आफन्तले उपचारमा लापर्बाही भएको दाबी गर्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि बिहीबार राति हातपात गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार