२४ घण्टामा ६,९५१ कोरोना सङ्क्रमित थपिए, ९,८४१ जना भने सङ्क्रमण मुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेष्ठ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप ६ हजार ९ सय ५१ जना सङ्क्रमित थपिएका छन् ।
पीसीआर विधिमार्फत १९ हजार ३ सय १३ जनाको परीक्षण गर्दा ६ हजार ८ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन परिक्षणबाट ७ सय ९७ जनाको परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा सङ्क्रमितको सङ्ख्या ५ लाख ४९ हजार एक सय ११ पुगेको छ ।
यसैगरी कोरोनाबाट शुत्रबार थप ९६ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।
हाल नेपालमा १ लाख १३ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया