इजलास गठनबारे प्रश्न उठेपछि सुनुवाइ आइताबारसम्म स्थगित
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेष्ठ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच संवैधानिक इजलासमा विवाद भएपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमाथिको शुक्रवारको सुनुवाइ आइताबारसम्म लागि स्थगित भएकोे छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेर शुक्रबार सुनुवाइ गर्दैगर्दा नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भन्दै गोविन्द बन्दीलगायत कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।

विवादकैबीच शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायत वरिष्ठ अधिवक्ता, कानुन व्यवसायी बन्दीको भनाइको पक्षमा उभिएपछि प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दाहेर्दैमा रहेको भन्दै आइतवारसम्मका लागि स्थगित गरेको हो ।

इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश बमबहादुर श्रेष्ठसहित न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसी रहेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा दुवैको दाबी अस्वीकार गर्दै प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेका थिए ।

प्रतिक्रिया