बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले आज सम्बोधन गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे सम्बोधन गर्दैछन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको पूर्वसन्ध्यामा शुक्रबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गर्दैछन् ।

अर्थविद्हरुले काम चलाउ सरकारले काम चलाउ बजेट मात्र ल्याउन सुझाव दिइरहेका बेला सरकारले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्न लागेको हो ।
प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा काम चलाउ सरकारले ल्याउन लागेको बजेटले मतदातलाई एक पक्षीय प्रभावित पार्न नहुने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरुले समेत सरकारलाई सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया