प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास गठन, आजदेखि प्रतिनिधिसभा विघटनबिरुद्धका ३० रिटमाथि सुनुवाइ सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, १४ जेष्ठ

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् । प्रधानन्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीशमध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्थाअनुसार इजलास गठन गरेका हुन् ।

बिहिबार प्रधानन्यायाधीश राणाको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गर्दै संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेर रिट दर्ता गराएका छन् ।

११ रिटमा सुरुमै संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै रिट दर्ता भएका छन् । विघटनबिरुद्ध परेका कुल ३० वटा रिट उपर आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया