एमालेद्वारा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रादेशिक सरकारमा सहभागी पार्टीका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरणमन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।
तर बुधबार प्रदेश संसदीय दलको बैठकले भने केन्द्रको निर्देशन कार्यन्वयन नगरी माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।

प्रतिक्रिया