गएको २४ घण्टामा कोरोनाबाट थप १०६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित थपिँदा ७,२२६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको नमूना परीक्षण गरेकामध्ये पिसिआर विधि परीक्षणबाट ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै २०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया