शेयर बजारमा कारोबार रकमको फेरि नयाँ कीर्तिमान
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । नेपाली शेयर कारोबार रकमले नयाँ कीर्तिमान बनाएको छ । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो ।
बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो ।
कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ ।
सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । अपि पावर कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त