प्रधानन्यायाधीश राणाको इजलाशले १९ वटा रिटलाई संवैधानिक इजलासमै पठाउने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटलाई संवैधानिक इजलासमै पठाएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलाशले १९ वटा रिटलाई संवैधानिक इजलासमै पठाउने निर्णय गरेको हो । संसद विघटनसम्बन्धी ११ वटा रिट भने यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् ।
अब ३० वटै रिटमाथि शुक्रवार (भोलि) देखि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात् प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको छ, चार वटा भने प्रधानमन्त्रीको कदम ठिक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएको छ ।

प्रतिक्रिया