निषेधाज्ञामा कडाइ : खाद्यन्न आवश्यक परे घरमै आउने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।
जेष्ठ १४ देखि २० गतेसम्म थप गरिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयको विरोध भएपछि प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्नेगरी व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
नागरिकले खाद्य सामग्री मगाए मोवाइल भ्यानमार्फत नै घरमा दाल चामल लगायतका खाद्य सामाग्री घर–घरमा पुराउने व्यवस्था भएको पराजुलीले बताए ।
त्यस्तै उनले कोरोना नियन्त्रण गर्न थप गरिएको एक साताको निषेधाज्ञालाई कडाई गरिने स्पष्ट पारे ।
पराजुलीले प्रशासनले जारी गरेको निषेधाज्ञालाई उलंघन गरिए कडा कारवाही गरिने चेतावनी पनि दिए । उपत्यकामा कोरोना संक्रमण थप फैलन नलिन नाकामा पनि थप कडाई गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया