बिहीबार सुनको मूल्यमा बृद्धि, चाँदीको मूल्य भने स्थिर
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठाडौं, १३ जेष्ठ । बिहीबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया