कोरोनाका कारण जर्नेल दिनेश केसीको निधन
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । कोरोना भाइरस संक्रमणबाट नेपाली सेनाका कार्यरत १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ ।
एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।
केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गर्दैै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया