रेल यार्डका कर्मचारीले गोली चलाउँदा क्यालिफोर्नियामा ९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १३ जेष्ठ

काठमाडौं, १३ जेष्ठ । अमेरिकाको क्यालिफोर्नियामा रेल यार्डका कर्मचारीले गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।
बुधबार बिहान स्यान होजेस्थित सान्टा क्लारा भ्याली ट्रान्सपोर्ट अथोरिटीका कर्मचारीले अन्धाधुन्ध गोली चलाएका हुन् । ति व्यक्तिले रेल कर्मचारीको बैठक चलिरहेका बेला गोली चलाएको हो ।
गोलि लागेर मृत्यु हुनेमा त्यहाँका कर्मचारी र गोली हान्ने व्यक्ति आफै पनि रहेका छन् । प्रहरीका अनुसार ती कर्मचारीले गोली चलाउनुभन्दा अगाडि आफ्नो घरमा समेत आगो लगाएका थिए ।
सीबीएसका अनुसार ती बन्दुकधारीको पहिचान ५७ वर्षीय स्यामुएल कसिडीका रुपमा खुलेको छ ।
स्थानीय सञ्चारमाध्यमले उनले कर्मचारीहरुमा गोली चलाएपछि आफैलाई गोली हानेर आत्महत्या गरेको बताएका छन् । तर प्रहरी अधिकारीले भने यसको आधिकारिक रुपमा पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया