नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध चीनको घोषणा
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । चीनले तत्काल नेपाललाई १० लाख डोज खोप दिने भएको छ । चीनले बुधबार तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले यस्तो घोषणा गरेको हो । बधुबार राष्ट्रपति विद्या भण्डारी र सि जिनपिनबीच टेलिफोन वार्ता भएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चीनले नेपाललाई सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने जनाएको हो । चीनले यसअघि ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार