कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु, थपिए ६,७१४ नयाँ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेष्ठ । पछिल्ले २४ घण्टमा ६ हजार ७१४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

प्रतिक्रिया