सिंगापुर जान लागेको एक पानीजहाजमा भीषण आगलागी
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

कोलम्बो, १२ जेष्ठ (एजेन्सी)। भारतबाट श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेकोे एक पानीजहाजमा भीषण आगलागी भएको छ । आगलागीपछि एमभी एक्स–प्रेस पर्ल मालवाहक पानी जहाज बिस्फोट पनि भएको छ ।
श्रीलंका नौ सैनिकले ५ देश ( फिलिपिन्स, चीन, भारत र रूस)का २५ जना जहाजको चालक दललाई मंगलबार उद्धार गरेको जनाएका छन् । तीमध्ये दुई जना घाइते भएको छ ।
भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो ।
आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए ।
श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्ड र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया