सुदूरपश्चिम प्रदेशमा ओलीलाई धक्का
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार विहान बसेको संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । यससँगै एमाले अध्यक्ष केपी ओलीलाई धक्का लागेको छ ।
सोमबार बसेको एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, केन्द्रको निर्देशनलाई दिँर्दै प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेपछि ओलीलाई धक्का लागेको हो ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार