नेपालको राजनीतिक घटनाक्रमबारे भारतको प्रतिक्रिया : ‘त्यो आन्तरिक मामिला, आफैँ समाधान गर्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । भारतले नेपालको पछिल्लो राजनीति घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले भने, ‘त्यो नेपालको आन्तरिक मामिला हो, जो आफैँले समाधान गर्छ ।’

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत सन्दर्भलाई लिएर नेपालभित्रै विदेशी चलखेलजस्ता टिप्पणीहरु हुन थालेपछि भारतले प्रतिक्रिया जनाएको हो । तर, आन्तरिक मामिला भएपनि छिमेकी देश भएको नाताले नेपालमा पछिल्लो राजनीति घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको प्रवक्ता अरिन्मद बागचीले बताए ।

पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले भने, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’

प्रतिक्रिया