नेपालमा कोरोना सङ्क्रमणबाट थप १६९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेष्ठ । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।
२२ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार थप १ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ६ हजार ७ सय जनाको ज्यान गइसकेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४ जना निको भएसँगै निको हुनेको सङ्ख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।
हाल नेपालमा एक लाख १७ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया