प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट दायर, गठबन्धनको रिटमाथि सुनुवाइ शुक्रबार
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएको सर्वोच्चले छ । ती रिटमध्ये ११ वटाको सुनुवाइ जेठ १४ गते हुने तय भइको छ । संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।

स्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई जेठ १३ गते बिहीबार हुने भएको छ । सरकारको सिफारिसमा जेठ ८ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो ।

यस्तै विपप्क्षी गठबन्धन पाँच दलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका छन् । सो रिटको सुनुवाइ शुक्रबार हुने भएको छ । विपक्षी गठबन्धनले दायर गरेको रिटमा १४६ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया