उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेष्ठ । काठमाण्डौ उपत्यकामा जारी निषेत्राज्ञा आउँदो जेठ २० गतेसम्म लम्बिएको छ ।
संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।
मङ्गलवार बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई थप कडाइसहित एक हप्ता थप्ने गर्ने निर्णय गरेको छ ।
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

साथै सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

प्रतिक्रिया