दुई बालमन्दिरका ५९ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेष्ठ । काठमाडौंस्थित दुई बालमन्दिरमा कोरोना फैलिएको छ । सिफल र नक्सालमा रहेका दुइ बालमन्दिरमा ५९ जनामा कोरोना पुुष्टि भएको छ जसमा ४९ जना बालबालिका रहेका छन् ।
अधिकांश संक्रमित बालबालिकाहरू ८ महिनादेखि १० वर्षसम्मका रहेका छन् । दुईजना १८ वर्षका रहेका छन् ।
नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो ।
सिफलमा ७० जनाको कोरोना परीक्षण गर्दा ३६ जना पुष्टि भएको छ । यस्तै नक्सालको बालगृहमा रहेका २३ जनामा पोजिटिभ देखिएको हो । केही बालबालिकाको रिपोर्ट आउने क्रम जारी रहेकोले यो संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
संक्रमित हुनेमा बालमन्दिरमा आश्रित केही अपाङ्गता भएकाहरू पनि छन् । उनीहरूमा खोकी, ज्वरो लगायतका सामान्य लक्षण रहेको छ ।

प्रतिक्रिया