लेग स्पिनर सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेष्ठ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीटमार्फत जानकारी गराएका हुन् ।
गएको बर्ष जमैका तलावाजमा आबद्ध रहेका सन्दीप यसपाल नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए ।
गत बर्ष उपाधि जितेका नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् ।
६ टोलीको सहभागी हुने सीपीएल आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स र नेभिसमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया