हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

बर्दिया, ११ जेठ । बर्दियामा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । गएराति जिल्लाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको ३ वर्षीइा छोरी दीपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो । आमा चन्द्राको घटनास्थलमै र छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा मंगलबार बिहान उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया