सीसीएमसीको कार्यकारी निर्देशकमा बालानन्द शर्मा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ११ जेष्ठ

काठमाडौं, ११ जेष्ठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ । यसअघि सरकारले शर्माको नेतृत्वमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) को निर्माण कार्य अघि बढाएको थियो ।
उनलाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरिएको हो ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले खासै काम गर्न नसकेको गुनासोपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । यसको लागि अध्यादेश जारी भइसकेको छ ।

प्रतिक्रिया