बहराइनले यात्रामा नेपालमाथि लगायो प्रतिवन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

कायरो, १० जेठ (एजेन्सी) । बहराइनले नेपाललगायत एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु नेपाललगायत भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो ।

कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई ‘रेड लिष्ट’मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।
पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।

उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ । क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो । यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया