जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौँ, १० जेष्ठ । बारामा जन्ती बोकेको ४० जना सवार रहेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । ५ जना भने गम्भीर घाइते भएको जनाएको छ ।
रौतहटको गुजरा नगरपालिकास्थित खतवैयाबाट जन्ती लिएर गएको ना४ख ४७४९ नम्बरको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारका लागि वीरगन्ज लगिएको छ । अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस चालक रौतहट चंद्रपुर–८ का ३० वर्षीय अकलेश चौधरी लाई जैतापुर प्रहरीको नियन्त्रणमा थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया