अमेरिकालाई खोप आपूर्तिमा प्राथमिकतामा राख्न नेपालको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौं, १० जेष्ठ । नेपालले सरकारले कोभिड–१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान टेलिफोन वाता गर्दै नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया