ज्वालामुखी विस्फोटमा परी १५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

कंगो, १० जेष्ठ (एजेन्सी) । कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ ।
कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो ।
त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् ।
उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा १५ जनाको ज्यान गएको थियो ।
कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा नौ जना दुर्घटनामा परेका थिए भने दुई जना जलेका थिए । त्यसैगरी चार जना जेल तोडेर भाग्ने प्रयास गरेका थिए ।
उनीहरु पनि दुर्घटनामा परेर मृत्यु भएको सो प्रान्तका प्रान्तीय अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएका हुन् ।

प्रतिक्रिया