नेपाल समूहका २३ जना सांसदले गरे रिटमा हस्ताक्षर
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

काठमाडौं, १० जेष्ठ । नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसद्यहरुले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।
नेपाल पक्ष्बाट हस्ताक्षर गर्ने सांसदहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।
त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।
यस अिघ देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी भने उपस्थित भएका छैनन् ।
देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया