महोत्तरीको सीमा नाकामा झडप हुँदा एक प्रहरी र आठ व्यापारी घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, १० जेष्ठ

महोत्तरी, १० जेष्ठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ ।
झड्पबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटर घाइते भएका छन् । यस्तै सशस्त्र प्रहरीको कुटाइबाट ८ भारतीय व्यापारी घाइते भएको जनाइएका छ ।
गएराति ८ बजे करिब ६० जनाको भारतीय समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेको बोर्डर आउट पोष्ट (बीओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमले बताए ।
सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।
यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिंदा कुटपिट गरेको बताएका छन् ।

प्रतिक्रिया