राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
अखबार टुडे
प्रकाशित:
२०७८, ९ जेष्ठ

काठमाडौं, ९ जेष्ठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।
अध्यादेशमा जन्मसिद्ध नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने उल्लेख छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।
विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए । उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो ।

प्रतिक्रिया