सेयर बजारमा नयाँ रेकर्ड, नेप्से ३३ अङ्कले बढेर २८ सय विन्दु पार
अखबार टुडे
प्रकाशित:
२०७८, ९ जेष्ठ

काठमाडौं, ९ जेष्ठ । शेयर बजार परिसूचक नेप्सेले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ ।शेयर बजार परिसूचक नेप्से आइतवार ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ ।
आज होटल निर्जीवन बीमा र माइक्रोफाइनान्स बाहेक अरू समूहको शेयर बढेको छ ।
दुई सय २० कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज १६ कम्पनीको शेयर सर्किट विन्दु अर्थात् झण्डै १० प्रतिशतले बढेको छ ।
समग्र बजार बढे पनि रुरु जलविद्युत् र समता घरेलु लघुवित्त कम्पनीको शेयर झण्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया