सरकारी स्वामित्वको एअर इण्डियामा साइबर आक्रमण : लाखौँ ग्राहकको डाटा प्रभावित
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

काठमाडौं, ८ जेष्ठ । भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।
स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको एयर इण्डियाले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० तारिखसम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ ।
साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।
कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण कसले गर्यो भन्ने बारे केही खुलेको छैन ।
एअर इण्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया