गएको २४ घण्टमा १२९ कोरोना संक्रमितको मृत्य
अखबार टुडे
प्रकाशित:
२०७८, ८ जेष्ठ

काठमाडौं, ८ जेष्ठ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जना भन्दा धेरैले कोरोना भाइरसलाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ ।
यस्तै गएको २४ घण्टामा ८हजार ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१९ हजार ३ सय ५७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सात सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ३ सय ८९ जनामा संक्रमण पाइएको छ ।
यस्तै शनिबार कोरोनाका कारण १ सय २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया